+
+
Shares

होमस्टे प्रवर्द्धन गर्न एकीकृत आतिथ्य सत्कार तथा प्राथमिक उपचार तालिम

तीन दिनसम्म सञ्चालन भएको तालिममा १२ पुरुष र २७ महिला गरी ३९ स्थानीयले सहभागिता जनाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १४:३२

९ असोज, काठमाडौं । मधेश प्रदेश अन्तर्गत पर्सा ठोरी गाउँपालिकामा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आतिथ्य सत्कार तथा प्राथमिक उपचार सम्बन्धी एकीकृत तालिम सम्पन्न भएको छ ।

तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा १२ पुरुष र २७ महिला गरी ३९ स्थानीयले सहभागिता जनाएका थिए । एक  चिकित्सक सहित तीन प्रशिक्षक टोलीले तालिम सञ्चालन गरेका थिए । तालिममा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा केन्द्रित रही सञ्चालन गरिएको थियो ।

ठोरी गाउँपालिका ग्रामीण पर्यटनको दृष्टिकोणले अत्यन्त सम्भावनाशील क्षेत्र मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको हरियालीले भरिपूर्ण यस क्षेत्रमा होमस्टेलाई पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले स्थानीय तहमा पर्यटन सम्बन्धी सिप अभिवृद्धिका कार्यक्रमले समुदायमै रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने बताएका छन् ।

‘ठोरीजस्ता सम्भावनायुक्त क्षेत्रमा होमस्टे संस्कृति विस्तार गर्नु नेपालको ग्रामीण पर्यटन विकासको मेरुदण्ड बन्ने छ,’ उनले भने ।

यो पहलले सहभागीमा सेवा गुणस्तर सुधार गर्ने उत्साह थप्ने उनको विश्वास छ । साथै, ठोरीलाई एक उदाउँदो पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा यो एक महत्त्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?