+
साफ यू-१७ च्याम्पियनसिप :

दोस्रो हाफमा तीन गोल बेहोरेपछि नेपाल भारतसँग पराजित हुँदै बाहिरियो

२०८२ असोज  ९ गते २१:४५ २०८२ असोज ९ गते २१:४५
दोस्रो हाफमा तीन गोल बेहोरेपछि नेपाल भारतसँग पराजित हुँदै बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-१७ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग ३-० ले पराजित हुँदै बाहिरिएको छ।
  • भारतले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

९ असोज, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

बिहीबार कोलोम्बोस्थित रेसकोर्स मैदानमा भएको दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी भारतसँग ३-० ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।

साविक विजेता समेत रहेको भारतले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । बंगलादेशले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई २-० ले हराएर फाइनल पुगिसकेको छ ।

नेपालले भारत विरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै गोलको अवसर समेत बनाएको थियो । तर गोल गर्न सकेन । ३८औं मिनेटमा नेपालका प्रदिप मगरले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार भारतका गोलकिपरले पन्च गर्दै बचाएका थिए ।

भारतका लागि गुनलेइबा वाङ्गखेरिएक्पमाले ६१औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए भने अजलान शाहले ८०औँ मिनेटमा दोस्रो गोल गरे । डिएमिन्ड सिंहले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै ३-० को जित पक्का गरे ।

साफ यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय