News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी कात्तिक ९ मा भारतको सिक्किममा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला प्रारम्भिक टोली घोषणा भएको छ।
- नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका छन्।
- टोलीमा यू-२० टोलीका पूर्णिमा राई, मिना देउवा, सुक्रिया मियाँ, लीला जोशी लगायत खेलाडीहरू समावेश छन्।
१० असोज, काठमाडौं । आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला प्रारम्भिक टोलीको घोषणा भएको छ ।
नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । न्यौपाने बिहीबार प्रशिक्षकमा नियुक्त भएका थिए ।
नेपाली महिला टोलीले आउँदो अक्टोबर २६ (कात्तिक ९) मा भारतको सिक्किममा गएर भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ ।
टोलीमा नेपालको यू-२० टोलीबाट खेलेका पूर्णिमा राई, मिना देउवा, सुक्रिया मियाँ, लीला जोशीलगायत पनि समावेश छन् ।
नेपालको प्रारम्भिक टोली : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुषिला चौधरी, लीला जोशी, निशा थोकर, समीक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैसी, सजनी ठोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी चौधरी, बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मियाँ, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर, साबित्रा भण्डारी
प्रतिक्रिया 4