+
+
Shares

‘जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, बदलिन नसक्नेले बिदा लिन्छन्’

कांग्रेसले व्यवस्था परिवर्तन पटक पटक गरेको र आफूभित्र पनि परिवर्तन खोज्न सन्देश जेनजी आन्दोलनले दिएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयानुसार बदलिने व्यक्तिले पार्टीको नेतृत्व लिने बताएका छन्।
  • शर्माले जेनजी आन्दोलनले कांग्रेसभित्र परिवर्तन खोज्न सन्देश दिएको उल्लेख गर्नुभयो।
  • उनले भने, "अब जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बदलिन्नन् तिनले बिदा लिन्छन्।"

१० असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सयम अनुसार बदलिने व्यक्तिले पार्टीको नेतृत्व लिने बताएका छन्। महामन्त्री शर्माले समयानकूल परिवर्तन हुन नसक्ने व्यक्तिले विदा लिनुपर्ने बताए।

रौतहटमा पार्टी कार्यालयमा शुक्रबार बोल्दै महामन्त्री शर्माले भने,‘देशमा विगतमा भएका प्रत्येक परिवर्तनको नेतृत्वमा काँग्रेस थियो । तर, इतिहासमै पहिलो पटक कांग्रेस बाहिरको नेतृत्वमा परिवर्तन भएको छ ।’ जेनजीको आन्दोलन पछिको परिवर्तनले अन्यलाईसँगै कांग्रेसलाई पनि सन्देश दिएको बताए ।

कांग्रेसले व्यवस्था परिवर्तन पटक पटक गरेको र आफूभित्र पनि परिवर्तन खोज्न सन्देश जेनजी आन्दोलनले दिएको उनले बताए ।

शर्माले भने,‘यो सन्देश आत्मसात गरेर हामीले निधो गर्नुछ– हामी सच्चिने कि सक्किने ? सक्किन अस्विकार गर्ने हो भने, सच्चिन हामीले स्वीकार गर्नुपर्छ । अब जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन् , जो बदलिन्नन् तिनले बिदा लिन्छन्।’

महामन्त्री शर्माले जेनजी आन्दोलनमा मधेसमा क्षति पुर्‍याएका पार्टी कार्यालय सरकारी संरचना, नीजि सम्पत्ति लगायतको अवलोकन गर्न खटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?