+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डेढ अर्बमा बिक्री भयो फोनपेको २२ प्रतिशत सेयर, राजेन्द्र खेतानले लिए १४ प्रतिशत

अलीले ४ लाख १२ हजार कित्ता र एफ वान सफ्टले ७ लाख ४० हजार ११ कित्ता सेयर बेच्न स्वीकृति पाएका हुन् । कुल ११ लाख ५२ हजार ११ कित्ता सेयर कम्पनीको कुल सेयरको २२.३७ प्रतिशत रहेको नेपाल राष्ट्रबैंक स्रोतले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्थापक सेयरधनी असगर अली र एफ वान सफ्टले फोनपेको ४ लाख १२ हजार र ७ लाख ४० हजार ११ कित्ता सेयर बेच्न राष्ट्र बैंकबाट स्वीकृति पाएका छन्।
  • उद्योगी राजेन्द्र खेतानले कुल ७ लाख २१ हजार सेयर खरिद गर्ने छन्, जसमा अलीको २ लाख ६ हजार र एफ वान सफ्टको ५ लाख १५ हजार सेयर समावेश छन्।
  • फोनपेको सेयर खरिदकर्तामध्ये नेपाल इप्याक्ट फन्ड १, स्वेडा इन्भेस्टमेन्ट प्रालि, र्यापिड इन्भेष्टमेन्ट, लक्ष्मी माइक्रो इन्भेस्ट, पर्सा होल्डिङ्स लगायतका संस्था रहेका छन्।

१० असोज, काठमाडौं। नेपालको अग्रणी प्रविधि कम्पनी फोनपे पेमेन्ट सर्भिसको २२.३७ प्रतिशत सेयर बिक्रीका लागि नेपाल राष्ट्रबैंकले स्वीकृति दिएको छ ।

कम्पनीका संस्थापक सेयरधनी असगर अली र एफ वान सफ्ट इन्टरनेसनले फोनपेको सेयर बेच्न राष्ट्र बैंकबाट स्वीकृति पाएका हुन्।

अलीले ४ लाख १२ हजार कित्ता र एफ वान सफ्टले ७ लाख ४० हजार ११ कित्ता सेयर बेच्न स्वीकृति पाएका हुन् । कुल ११ लाख ५२ हजार ११ कित्ता सेयर कम्पनीको कुल सेयरको २२.३७ प्रतिशत रहेको नेपाल राष्ट्रबैंक स्रोतले जनाएको छ ।

फोनपेको कुल मूल्यांकन ६ अर्ब ७७ करोड रुपैयाँ भई त्यसको करिब साढे २२ प्रतिशत सेयर करिब १ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको स्रोतले जनायाे ।

बिक्री हुने सेयर अधिकांश उद्योगी राजेन्द्र खेतानले खरिद गर्ने भएका छन्।

खेतानले कुल ७ लाख २१ हजार सेयर खरिद गर्ने छन् । जसमा अलीको २ लाख ६ हजार कित्ता र एफ १ सफ्टको ५ लाख १५ हजार कित्ता खरिद गर्ने गरी स्वीकृति दिइएको राष्ट्र बैंकले जनाएको छ। उद्योगबाट आफ्नो लगानीलाई पूर्ण रुपमा वित्तीय क्षेत्रमा केन्द्रित गरेका खेतानले फिनटेक कम्पनीमा लगानी गरेका हुन् । कम्पनीमा खेतानको १४ प्रतिशत सेयर स्वामित्व कायम हुने भएको छ ।

खेतान ग्रुप बैंक तथा वित्तीय संस्था, बिमा र पुँजी बजार क्षेत्रमा लगानी गर्ने नेपालको ठूलो औद्योगिक घराना मानिन्छ । खेतानको लक्ष्मी सनराइज बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स, म्युचुअल फन्ड कम्पनी, भेन्चर क्यापिटललगायत विभिन्न कम्पनीमा लगानी छ ।

खेतान बाहेक फोनपेको सेयर खरिदकर्तामा नेपाल इप्याक्ट फन्ड १, स्वेडा इन्भेस्टमेन्ट प्रालि, लक्ष्मी माइक्रो इन्भेस्ट, पर्सा होल्डिङ्स, र्यापिड इन्भेष्टमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड, नेपाल इम्प्याक्ट ग्रोथ इक्वीटी फन्ड१, जीजीसी इन्भेस्टमेन्ट र डिजे श्रेष्ठ छन्। यीमध्ये अधिकांश कम्पनीहरुमा पनि खेतान समूहकै संलग्नता रहेको स्रोतले बतायो ।

फोनपेमा एफवानसफ्ट इन्टरनेशनल प्रालि र असगर अलीको लगानी छ । नेपालको डिजिटल भुक्तानीमा अग्रणी कम्पनी फोनपेले २०७६ सालमा राष्ट्रबैंकबाट पेमेन्ट सिस्टम अपरेटरका रुपमा सञ्चालन अनुमति पाएको थियो । नेपालका अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल एप फोनपेले नै सञ्चालन गर्ने गरेको छ ।

फोनपेको नेटवर्कमा १९ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक, १४ वटा फाइनान्स कम्पनी, ९ वटा वालेट र एक माइक्रो फाइनान्स कम्पनी आबद्ध छन् ।

हाल नेपालमा क्यूआर कोडमार्फत हुने कारोबारमध्ये ९० प्रतिशतभन्दा बढी फोनपेबाट हुने गरेको छ । यसले नेपाल भारत अन्तरदेशीय डिजिटल भुक्तानीको काम पनि गरिरहेको छ ।

यसको माउ कम्पनी एफवानसफ्टले ई–सेवा डिजिटल वालेट पनि सञ्चालन गर्ने गरेको छ । फिन्टेकका क्षेत्रमा यसले आफ्नो लगानीलाई विविधीकरण गरिरहेको छ । त्यसैका लागि लगानी जुटाउन फोनपेको सेयर विक्री गरेको कम्पनीको भनाइ छ ।

फोनपेको माउ कम्पनी एफवानसफ्टमा विश्वास ढकाल, सम्भव सिरोहिया, सुवास शर्मा र सुवास सापकोटाको लगानी छ । एफवानसफ्ट स्थापनाकालमा असगर अलीसमेत थिए । तर पछि उनी कम्पनीबाट बाहिरिए पनि फोनपेमा भने अझै पनि उनको १७ प्रतिशत शेयर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?