News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ।
- प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म आयोजना हुँदैछ र नेपालले आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ।
- साफ यू-१७ च्याम्पियनसिप खेलेको टोलीबाट तीन खेलाडी परिवर्तन गरी भुपिका शाही, आयुषा रेउले र पूजा गिरी टोलीमा समावेश भएका छन्।
११ असोज, काठमाडौ । थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोटमा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार नेपालको अन्तिम टोली सार्वजनिक गरेको हो । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ ।
गत महिना साफ यू-१७ च्याम्पियनसिप खेलेको टोलीबाट तीन परिवर्तन गरिएको छ ।
साफ खेलेको टोलीबाट गंगा गुरुङ, डिकी स्याङ्बो तामाङ र दिक्षा रनपाल बाहिरिँदा भुपिका शाही, आयुषा रेउले र पूजा गिरी भित्रिएका छन् ।
नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ ।
नेपाली टोली : झरना डुम्राकोटी, लक्ष्मी ओली, भुपिका शाही, दिक्ष्या रायमाझी, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, रबिना बिक, कृतिशा तामाङ, अशिका कार्की, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक, अनिता राना मगर
प्रतिक्रिया 4