+
+
Shares

खोकनामा मनाइयो सिकाली जात्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते १७:००

११ असोज, काठमाडौं । ललितपुरको खोकनामा शनिबार सिकाली जात्रा मनाइएको छ ।

घटस्थापनादेखि सुरु भएको जात्राको छैठौं दिन खोकनाको सिकाली चउरमा तान्त्रिक रुद्रायणी देवीको नाच गरी जात्रा मनाउने परम्परा रहेको छ ।

परम्परागत बाजाको तालमा तालमा रुद्रायणी, महादेव, गणेश, कुमारी, इन्द्रायणी, महालक्ष्मी, सिंहिनी ब्याघ्रिनीलगायतले मुकुन्डो लगाई नाच्दै जात्रा मनाइन्छ ।

देवगणको दायाँबायाँ एक–एक जना सहयोगी र अर्को हातमा खड्ग समाई नाच्ने गरिन्छ ।

रुद्रायणी देवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्य भाव देवी र महिषासुर दैत्यबीचको वध गरेको दृश्य प्रस्तुत गरिन्छ । देवगणको नाचपछि खुला चउरमा सामूहिक भोज खाने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?