News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली अल्ट्रा रनर सुनमाया बुढाले स्पेनमा भइरहेको विश्व माउनटेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेकी छन् ।
- सुनमायाले महिलातर्फ ८२ किमी लङ ट्रेलमा रजत पदक जितेकी छन् ।
- सुनमायाले निर्धारित दूरी १० घण्टा २३ मिनेटमा पूरा गरेकी हुन् भने अमेरिकी एलाइट एथ्लेट काटी स्चिडले स्वर्ण पदक जितिन् ।
११ असोज, काठमाडौं । नेपाली अल्ट्रा रनर सुनमाया बुढाले विश्व माउनटेन ए०्ड ६्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेकी छन् ।
स्पेनमा भइरहेको च्याम्पियनसिपमा उनले ८२ किमी लङ ट्रेलमा महिलातर्फ दोस्रो हुँदै रजत पदक जितेकी हुन् । सुनमायाले निर्धारित दूरी १० घण्टा २३ मिनेटमा पूरा गरिन् । अमेरिकी एलाइट एथ्लेट काटी स्चिडले स्वर्ण जितिन् ।
पुरुषथर्फ नेपालबाट तीन धावक सुमन कुलुङ, मन कुमार मगर र साङ्गे शेर्पाले प्रतिस्पर्धा गरेका थिए । तर कुनै पनि धावक शीर्ष दशमा अटाउन सकेनन् । पुरुषतर्फ समुन ३२औं र मनकुमार ३७औं स्थानमा छ । े
प्रतिक्रिया 4