+

मड्रिड डर्बीमा रियलमाथि एट्लेटिकोको सानदार जित

२०८२ असोज  १२ गते ७:५३ २०८२ असोज १२ गते ७:५३
मड्रिड डर्बीमा रियलमाथि एट्लेटिकोको सानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पानिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई ५-२ ले पराजित गरेको छ।
  • यो सिजन रियल मड्रिडको पहिलो हार हो र बार्सिलोनाले दोस्रो स्थानमा उक्लिएको छ।
  • जुलियन अल्भारेजले दुई गोल गर्दै एट्लेटिकोको जितमा महत्वपूर्ण भूमिका खेलेका छन्।

१२ असोज, काठमाडौं । जुलियन अल्भारेजले दुई गोल गरेपछि स्पानिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले शीर्ष स्थानको रियल मड्रिडमाथि ५-२ को सानदार जित हात पारेको छ ।

यस सिजन रियलको यो पहिलो हार हो र रियलको शतप्रतिशत जित यात्राका ब्रेक लागेको छ । यसको फाइदा दोस्रो स्थानको बार्सिलोनालाई पुगेको छ ।

पराजित रियल ७ खेलबा६ १८ अंकसहित शीर्ष स्थानमै छ । एक खेल कम खेलेको बार्सिलोना १६ अंकसहित दोस्रो स्थानमा छ । ७ खेल खेलिसककेो भियारियल १६ अंकसहित तेस्रोमा छ ।

तेस्रो जित हात पारेको एट्लेटिको मड्रिड १२ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

रोविन ले नोर्मान्डले १४ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए । तर त्यसपछि रियलले लगातार दुई गोल गर्दै खेलमा फर्केको थियो । केलिएन एमबाप्पेले २५औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए । यस्तै अर्दा गुलेरले ३६औं मिनेटमा गोल गरेपछि रियलले २-१ को अवग्रता बनायो ।

एट्लेटिकोका क्लेमेन्ट लेङगलेटले ४४औं मिनेटमा गोल गरेपछि भिएआरले मान्यता दिएन । तर रोविन सोर्लोथले पहिलो हाफको इन्जुरी टाइममा गोल गरी खेल २-२ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा अल्भारेज चमक्ँदा एट्लेटिकोले ३ गोल थप्यो । अल्भारेजले ५१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई ३-२ को अग्रता दिलाए । त्यसपछि उनले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिको ४-२ ले अगाडि बढ्यो । एन्टोइन ग्रीजमनले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेपछि एट्लेटिकोले सानदार जित हात पार्‍यो ।

ला लिगाकै अन्य खेलमा भियारियलले एथ्लेटिक विल्वाओ तथा मायोर्काले अलाेभजलाई १-० ले हरायो भने  गेटाफे र लेभान्ले १-१ तथा जिरोना र स्पानयोले गोलरहित बराबरी खेले ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय