+
+
Shares

केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय लिने विश्वास छैन : गुरुराज घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १३:२२

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले असोज २६ गते बस्ने केन्द्रीय समितिले विशेष महाधिवेशनका लागि निर्णय गर्ने विश्वास नरहेको बताएका छन् ।

पार्टी विधानमा केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यक ठानेमा आह्वान गर्न सकिने व्यवस्था छ । केन्द्रीय समितिमा शेरबहादुर देउवाको ८० प्रतिशतभन्दा सदस्यहरु छन् ।

केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने आशा गर्न सकिने ठाउँ नदेखिएको उल्लेख गर्दै घिमिरेले भने,‘हालसम्मका गतिविधि हेर्दा हामीलाई वर्तमान केन्द्रीय कार्यसमितिसँग विश्वास र भरोसा छैन । देश, लोकतन्त्र र पार्टी जोगाउन हामी सचेत र गम्भीर छौं । २६ गते अघि नैं हस्ताक्षर दर्ता गराउन जागरुक, सक्रिय र प्रतिबद्ध भएर लागौं ।’

नेता घिमिरेको अगुवाईमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन जारी रहेको छ । विशेष महाधिवशेनका लागि कारण खुलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर पेस गरेको अवस्थामा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ ।

नेता घिमिरेले भन्छन्,‘विशेष महाधिवेशन, महाधिवेशनका प्रतिनिधिहरुको वैधानिक बिशेषाधिकार हो । इतिहासको यस चुनौतीपूर्ण कालखण्डमा हामी नेपाली नागरिक र कांग्रेस सदस्यको भूमिका निर्बाह गर्न नचुकौं ।’

पार्टीका हरेक सदस्यको योगदान र बलिदानको चरम अवमूल्यन गरिएको घिमिरेले टिप्पणी गरे । पार्टीम मनपरि र स्वेच्छाचारले सिमा नाघेको उल्लेख गर्दैै घिमिरेले अब सहन नसककिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?