+
+
Shares

सरकार प्रतिशोधको बाटोमा जान खोज्यो, हामी चिन्तित छौं : एमाले

‘पछिल्लो समय जुन ढंगले घटनाक्रम विकसित भइरहेका छन् । खासगरी सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत हामीले देखेका छौं,’ उनले बैठकका निर्णय सुनाउने क्रममा भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते २०:००

१२ असोज, काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार प्रतिशोधको बाटोमा जान खोजेको संकेत आफूहरूले देखेको बताएको छ ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले  यस्तो बताएका हुन् ।

‘पछिल्लो समय जुन ढंगले घटनाक्रम विकसित भइरहेका छन् । खासगरी सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत हामीले देखेका छौं,’ उनले बैठकका निर्णय सुनाउने क्रममा भने ।

सरकारले दलहरूलाई पन्छाएर निषेधको क्रियाकलाप गरेको भन्दै पार्टी चिन्तित रहेको पनि ज्ञवालीले बताए ।

‘विस्तारै सरकार राजनीतिक दलहरूसँग परामर्श नगरेको वा नचाहेको मात्रै नभइ निषेधको बाटोमा हिँडेको देखिन्छ,’ उनले भने, ‘दलहरूलाई पन्छाएर मात्रै नभइ निषेध गरेर जाने क्रियाकलाप हामीले देखेका छौं । दलहरूसँग संवाद गर्न नखोजेकामा हामी चिन्तित छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?