+

आशिष भारतीले जिते एसिया पेसिफिक मोटरस्पोर्ट्समा ऐतिहासिक स्वर्ण पदक

२०८२ असोज  १२ गते २०:२७ २०८२ असोज १२ गते २०:२७
आशिष भारतीले जिते एसिया पेसिफिक मोटरस्पोर्ट्समा ऐतिहासिक स्वर्ण पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली मोटर स्पोर्ट्स खेलाडी आशिष (रोनी) भारतीले एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको अटोजिमखाना विधामा पहिलो स्थान हासिल गरी ऐतिहासिक पदक जितेका छन्।
  • नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले यो सफलता नेपाली मोटर स्पोर्ट्समा १६ वर्षमा पहिलो पटक आएको बताए।
  • रोनीले एक दशकको मिहिनेतबाट पदक जितेका हुन् र नेपालमा फोर ह्विलरमा पनि पदक आउन सक्ने देखाएका छन्।

१२ असोज, काठमाडौं । नेपाली मोटर स्पोर्ट्स खेलाडी आशिष (रोनी) भारतीले एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् ।

उनले श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न च्याम्पियनसिपको अटोजिमखाना विधामा पहिलो हुँदै उक्त उपलब्धि हासिल गरेका हुन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली मोटर स्पोर्ट्समा यो ऐतिहासिक सफलता भएको बताए ।

‘नेपाली मोटर स्पोर्ट्स सबैभन्दा ठूलो सफलता हो यो । अहिलेसम्म १६ वर्षमा यो तहको सफलता पहिलो पटक हो । हामीले सोचेका थियौँ तर छिटै हात लाग्यो’ भट्टराईले भने, ‘रोनी नेपालको उत्कृष्ट खेलाडी भएकोले पोडियममा पुग्छ भन्ने विश्वास गरेका थियौँ ।’

नेपालमा पनि मोटर स्पोर्ट्स हुन्छ भनेर अहिले एसियाले नै थाहा पाएक भट्टराईले बताए ।

रोनीले एक दशकको मिहिनेतबाट यो सफलता प्राप्त गरेको हो । मोटर स्पोर्ट्समा एक-दुई वर्ष मात्र नभएर लगातारको मिहिनेतले पदक जित्न सकिन्छ भन्ने रोनीको सफलताले प्रमाणित गरेको छ ।

नेपालबाट टु ह्विलर मात्र नभएर फोर ह्विलरमा पनि पदक आउन सक्छ भन्ने देखाएको भट्टराईले बताए ।

आशिष भारती एसिया पेसिफिक मोटर स्पोर्ट्‌स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय