+
+
Shares

चाडपर्व लक्षित सुरक्षा : काठमाडौं उपत्यकामा ६ हजार १०० भन्दा बढी प्रहरी खटाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते २१:००
फाइल फोटो

१२ असोज, काठमाडौं । चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौं उपत्यकामा ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने,  ‘दशैं, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर काम सुरु गरिएको छ । जिल्ला प्रमुखहरूको कमान्डमा प्रहरी परिचालन हुनेछन् ।’

अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ‘डग स्निफिङ’, सादा पोसाकका प्रहरी परिचालन, ‘सिआरभी’, ‘क्युआरटी’लाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले जानकारी दिए ।

यसैगरी काठमाडौं उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरी काम सुरु गरिएको छ । ‘ड्रोन’बाट समेत निगरानीको काम हुने छ । त्यसैले निर्धक्क र चनाखो भएर दशैं, तिहारलगायत चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।

सम्भावित अपराध रोक्न तथा न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका १८ वटै प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली बनाइएको र कुनै पनि घटना भएमा कम्तीमा तत्काल घटनास्थलमा पुग्नेगरी व्यवस्था मिलाइएको एआइजी कार्कीले बताए ।

‘जेनजी’ प्रदर्शनका क्रममा कारागारमा रहेका केही कैदीबन्दी पनि फरार रहेकाले यस वर्ष चोरी, लुटपाटलगायत घटना हुनसक्ने भएकाले टोल, छिमेकमा नयाँ व्यक्ति अथवा फरार रहेका व्यक्ति देखिएको खण्डमा प्रहरीलाई खबर गर्न प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?