+

पुनरागमन जितसहित बार्सिलोना शीर्ष स्थानमा

२०८२ असोज  १३ गते ७:४२ २०८२ असोज १३ गते ७:४२
पुनरागमन जितसहित बार्सिलोना शीर्ष स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडलाई २-१ गोलअन्तरले हराउँदै स्पेनिस लालिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ।
  • बार्सिलोनाका जुलियस कोन्डे र रोबर्ट लेवान्डोस्कीले समान एक-एक गोल गरे।
  • बार्सिलोनाले ७ खेलमा १९ अंक जोडेको छ भने दोस्रो स्थानको रियल मड्रिडको १८ अंक छ।

१३ असोज, काठमाडौं । स्पेनिस लालिग फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले पुनरागमन जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २-१ गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा जुलियस कोन्डे र रोबर्ट लेवान्डोस्कीले १-१ गोल गरे ।

खेलको ३१औं मिनेटम पाहुना टोलीका अल्भारो अड्रिजोलाले गोल गर्दै अग्रता दिलाएका थिए । ४३औं मिनेटमा कोन्डेले बराबरी गोल फर्काए ।

दोस्रो हाफको ५९औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले २-१ को पुनरागमन जित निकाल्न सफल भयो।

जितपछि शीर्षस्थानको बार्सिलोनाको ७ खेलमा १९ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको १८ अंक छ ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय