
१३ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नापाएकोबारे अनुसन्धान सुरु गरेका छन् ।
मन्त्री पुनलाई शिक्षकहरूले दशैंं, तिहार र छठ पर्वमा पनि पालिकाले तलब नदिएको गुनासो गरेपछि मन्त्री पुनले अनुसन्धान सुरु गरेका हुन् ।
‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ । यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु,’ मन्त्री पुनले भने ।
तलब नपाएको भनेर सबैभन्दा धेरै गुनासो मधेशबाट आएको मन्त्री पुनले बताए ।
‘तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेश बाट आएको छ । वर्ष दिनमा आउने दशैंं, तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो,’ मन्त्री पुनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4