
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका जोड्ने सडकअन्तर्गत थाङसिबेसीमा हृयुम पाइप बगाउँदा डाँडापारी जाने यातायात दुई दिनदेखि अवरुद्ध छ।
- गत वर्ष असोजमा आएको बाढीले पक्की पुल बगाएपछि अस्थायी हृयुम पाइप राखिएको थियो, जुन यस वर्षको बाढीले पुनः बगाइएको छ।
- जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।
१२ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका जोड्ने सडकअर्न्तगत नमोबुद्ध नगरपालिका वडा नं ६ र रोशी गाउँपालिका वडा नं ७ को सिमाना रहेको थाङसिबेसीको हृयुम पाइप बगाउँदा डाँडापारी जाने यातायात अवरुद्ध भएको छ ।
गत वर्ष असोजको दोस्रो सातामा आएको बाढीले सो स्थानमा रहेको पक्की पुल बगाएको थियो । पक्की पुल बगाएपछि अस्थायीरुपमा यातायात सञ्चालनका लागि थाङसिबेसीमा हृयुम पाइप राखिएको थियो । उक्त हृयुम पाइप यस वर्षको बाढीले बगाएपछि दुई दिन अघि मात्रै राखिएको हृयुम पाइप रोशी खोलाले पुन: बगाएको छ ।
रोशी खोलाले काभ्रेको डाँडापारी जाने सडकखण्डको हृयुम पाइप बगाएको हुनाले सडक अवरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4