+
+
Shares

गुल्मीको छल्दीपनाहमा बस दुर्घटना, १५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो बस दुर्घटनामा १५ जना घाइते भएका छन्।
  • बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु. १ख ७७७६ नम्बरको बस सडकदेखि करिब ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
  • चालक वीरबहादुर गुरुङले ब्रेक फेल भएपछि बस मनीष कुँवरको खाली घरमा अड्किएको र बस र घर दुवै क्षति भएको प्रहरीले बताएको छ।

१३ असोज, गुल्मी। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्।

बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु. १ख ७७७६ नम्बरको बस सडकदेखि करिब ५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए।

ईस्मा गाउँपालिका–४ बस्ने ४४ वर्षीय चालक वीरबहादुर गुरुङले चलाएको बस घुम्तिमा अचानक ब्रेक फेल भई सडक किनारमै रहेको मनीष कुँवरको खाली घरमा अड्किएर रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बस र घर दुवै पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव निरीक्षक जगन्नाथ पाण्डेको नेतृत्वमा गएको टोलीले उद्धार कार्य गरेको थियो। घाइते १५ जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ। चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ भने बस अझै घटनास्थलमै रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?