News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका बलिङ अलराउण्डर क्रिस वोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
- वोक्सले २०११ मा डेब्यू गरी ६२ टेस्टमा १९२ विकेट र एकदिवसीयमा १२२ खेलमा १७३ विकेट लिएका छन्।
- उनले २०१९ र २०२२ को विश्वकप जित्ने टोलीमा स्थान बनाएका थिए र अब काउन्टी क्रिकेट खेलिरहने बताएका छन्।
१३ असोज, काठमाडौं । इंग्ल्यान्डका बलिङ अलराउण्डर क्रिस वोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
३६ वर्षीय वोक्सले अन्तिमपटक भारतविरुद्ध ओभल टेस्ट खेलेका थिए र त्यसपछि एशेजका लागि टोलीमा परेनन् । उनले अब काउन्टी क्रिकेट खेलिरहने र विभिन्न फ्रेन्चाइज लिगमा अवसर खोज्ने बताएका छन् ।
वोक्सले २०११ मा अष्ट्रेलियाविरुद्ध डेब्यू गरेका थिए । करियरमा उनले ६२ टेस्ट खेल्दै १९२ विकेट लिनुका साथै एक शतक पनि प्रहार गरे । एकदिवसीयमा १२२ खेल खेलेर १७३ विकेट लिएका उनले २०१९ को विश्वकप जित्न योगदान पुर्याए ।
उनले ३३ टी–२० खेलमा ३१ विकेट लिँदै २०२२ को विश्वकप जित्ने टोलीमा पनि स्थान बनाएका थिए ।
सन्यास घोषणा गर्दै वोक्सले आफ्नो खेल जीवनलाई गौरवपूर्ण भन्दै परिवार, साथी, प्रशिक्षक र समर्थकप्रति आभार प्रकट गरेका छन् ।
प्रतिक्रिया 4