+

हातमा चोट लागेपछि म्याक्सवेल टी-२०आई सिरिजबाट बाहिर

२०८२ असोज  १४ गते ७:१८ २०८२ असोज १४ गते ७:१८
हातमा चोट लागेपछि म्याक्सवेल टी-२०आई सिरिजबाट बाहिर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल दाँया हातको नाडी फ्र्याक्चर भएर न्युजिल्यान्डविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन्।
  • म्याक्सवेल चोटपछि अस्ट्रेलिया फर्किएका छन् र भारतविरुद्धको घरेलु सिरिजमा उनको सहभागिता अनिश्चित छ।
  • उनको स्थानमा जोश फिलिप्पे टोलीमा समावेश भएका छन् र म्याक्सवेलको अनुपस्थितिले अस्ट्रेलियाको विश्वकप तयारी कठिन बनेको छ।

१४ असोज, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल भोलिदेखि सुरु हुने न्युजिल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजबाट बाहिरिएका छन्।

अभ्यासका क्रममा मिचेल ओवेनको स्ट्रेट ड्राइभ शट उनको दाँया हातको नाडीमा लागेर फ्र्याक्चर भएको हो । दाँया हात उनको ब्याटिङ र बलिङ गर्ने हात नै हो ।

चोटपछि म्याक्सवेल अस्ट्रेलिया फर्किएका छन् । अस्ट्रेलियाली मेडिकल टोलीले छिट्टै निको हुने आशा गरे पनि भारतविरुद्ध अक्टोबर २९ बाट सुरु हुने घरेलु सिरिजमा उनको सहभागिता अनिश्चित छ। उनले डिसेम्बरमा सुरु हुने बिग ब्यास लिग (बीबीएल)मा भने फर्कने सम्भावना छ।

उनको स्थानमा सिड्नी सिक्सर्सका विकेटकिपर–ब्याटर जोश फिलिप्पे टोलीमा समावेश भएका छन्। फिलिपे सिधा रूपमा म्याक्सवेलकाे विकल्प नभए पनि विकेटकिपिङ कभरका लागि बोलाइएको हो।

यसअघि नै अस्ट्रेलियाले जोश इंग्लिस, क्यामरन ग्रीन, कप्तान पाट कमिन्स र नाथन एलिसलाई सिरिजबाट गुमाइसकेको छ। म्याक्सवेलको अनुपस्थितिले अस्ट्रेलियाको २०२६ टी–२० विश्वकप तयारी थप कठिन बनेको छ।

ग्लेन म्याक्सवेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय