+
+
Shares

नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १३:२३

 काठमाडौं । विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू दशैंमा दुई दिन बन्द रहने भएका छन् । असोज १५ गते नवमी र १६ गते दशैंको टीकाको दिन बन्द रहने भएका हुन् ।

दूतावासहरूले सूचना जारी गर्दै दुई दिन बन्द रहने जनाएका हुन् ।

नेपाल राजपत्रमा २०८१/११/१५ गते गृह मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार विदेशस्थित नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरू समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरेको थियो ।

दशैं विदामा दूतावास बन्द रहेपनि अत्यावश्यक काम परेको खण्डमा काम गर्न सकिने दूतावासहरूले जनाएका छन् । संयुक्त अरब ईमिरेट्सस्थित नेपाली राजदूतावासले भने तीन दिन विदा दिएको छ ।

अन्य दूतावासहरूले भने आवश्यकताका आधारमा विदाको व्यवस्था गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?