News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १२२ रनको मध्यम लक्ष्य दिएको छ।
- नेपालले १९.५ ओभरमा १२२ रनमा अलआउट भएको छ र ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए।
- वेस्ट इन्डिजका रामोन सिमोन्ड्सले ४ विकेट लिए भने नेपालले लगातार दुई जित निकालेर शृंखला आफ्नो नाममा गरिसकेको छ।
१४ असोज, काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई मध्यम लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए ।
सुरुवात राम्रो गरेर पावरप्लेमा ३७-० को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमायो ।
वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।
नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ ।
प्रतिक्रिया 4