+
युनिटी कप टी-२०आई शृंखला :

अन्तिम खेलमा नेपालमाथि वेस्ट इन्डिजको शानदार जित

२०८२ असोज  १४ गते २३:१४ २०८२ असोज १४ गते २३:१४
अन्तिम खेलमा नेपालमाथि वेस्ट इन्डिजको शानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो।
  • नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट गुमाएन।
  • नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो, रामोन सिमोन्ड्सले ४ विकेट लिए।

१४ असोज, काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । नेपाललाई वेस्ट इन्डिजले १० विकेटले हराएको हो ।

नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४  र कुशल मल्लले १२ रन बनाए ।

सुरुवात राम्रो गरेर पावरप्लेमा ३७-० को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमायो ।

वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।

नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ । आजको खेलमा भने वेस्ट इन्डिज पूर्णरूपा हावी बनेको छ ।

नेपाल-वेस्ट इन्डिज शृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय