News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेल्न नेपाली टोली यूएईबाट ओमान प्रस्थान गरेको छ।
- नेपाल क्रिकेट संघका अनुसार १६ सदस्यीय नेपाली टोली विश्वकप छनोट खेल्न ओमान गएको छ।
- टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ र नेपालले जापान र कुवेतसँग समूह चरण खेल्नेछ।
१५ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेल्न नेपाली टोली यूएईबाट ओमान प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यूएईमा गएको १६ सदस्यीय नेपाली टोली नै ओमानमा विश्वकप छनोट खेल्न गएको छ । वेस्ट इन्डिजसँगको शृंखलाका लागि निलम्बनमा परेका सन्दीप अब भने टोलीमा समावेश छन् ।
‘१६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली र सम्पूर्ण अफिसियलहरु विश्वकप छनोट प्रतियोगितामा सहभागी हुन आज नै युएईबाट ओमान प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उक्त प्रतियोगितामा उच्च मनोवल बढाउनका लागि हौसला प्रदान गरिदिनुहुन समेत सम्पूर्ण क्रिकेट प्रेमी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु’ क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
क्यानले सम्पूर्ण क्रिकेट समर्थक एवंम सरोकारवालाहरुलाई राष्ट्रिय क्रिकेट टोलीप्रति निरन्तर समर्थनको लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।
प्रतिक्रिया 4