+
+
Shares

सौराहामा विदेशी पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौराहामा विदेशी पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाएका छन्।
  • ग्रिन पार्क चितवन होटलमा पर्यटकहरूले टीका र जमरा थाप्दै दशैं मनाएका हुन्।
  • होटलका रेसिडेन्स म्यानेजर राधा श्रेष्ठले दशैं मनाउनुले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन्छ भने उल्लेख गर्नुभयो।

१६ असोज, चितवन । मुलुकको तेश्रो पर्टकीय गन्तव्य सौराहा घुम्न आएका पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाएका छन् ।

सौराहामा पर्यटकहरूको पहिलो रोजाईमा पर्ने ग्रिन पार्क चितवन होटलमा रहेका पर्यटकहरूले टीका र जमरा थाप्दै दशैं मनाएका हुन् ।

पर्यटकीय नगरी सौराहा घुम्न आउँदा विदेशी पर्यटकहरूले नेपालीहरूको महान चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै टीका र जमरा थाप्न पाउँदा हर्षित भएको होटलका रेसिडेन्स म्यानेजर (आरएम) राधा श्रेष्ठले जानकारी दिए ।

‘हामी जेनजी आन्दोलनसँगै शून्य पर्यटन नहोस् भनी पर्यटन दिवसमा हेलिकप्टर चार्टरसहित नेपाल सुरक्षित छ भन्ने अभियान पर्यटकहरूबाटै सुरू गरेका थियौं आरएम श्रेष्ठले भने, ‘अहिले नेपाली परम्परा सकिदै सुरक्षित साथ नेपाल घुम्न सकिन्छ भन्ने उद्देश्यसहित दशैं पर्यटकसगै मनाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?