+
+
Shares

म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कार ठोक्काइँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते ७:३५

१७ असोज, काठमाडौं । उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते छन् ।

यहुदीहरूको प्रार्थनास्थलबाहिर मानिसहरूको भिडमा कार ठोक्काइएको थियो । त्यसपछि एक जनामाथि छुरा पनि प्रहार भएको म्यानचेस्टर प्रहरीले जनाएको छ । प्रहरीले यो घटनामा संलग्न एक संदिग्ध व्यक्तिलाई गोली हानेर मारेको छ भने दुई जनालाई पक्राउ गरेको छ ।

यहुदीहरूको पवित्र योम किपूरका दिन भएको यो घटनालाई म्यानचेष्टर प्रहरीले ‘आतंकवादी आक्रमण’को संज्ञा दिएको छ ।

बेलायती  प्रधानमन्त्री कियर स्टार्मरले पनि म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन् ।

ब्रिटिश प्रधानमन्त्री सर केअर स्टार्मर यो घटनापछि डेनमार्क भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् र आफ्नै नेतृत्वमा आपतकालीन बैठक बोलाएका छन् । उनले घटनाबारे जानकारी लिँदै अनुसन्धान तीव्र पार्न र दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । साथै सबै यहुदी प्रार्थनास्थलहरुमा सुरक्षा प्रबन्ध थप चुस्त बनाउन निर्देशन दिएका छन् ।

को हुन् मानिसको भिडमा कार ठोक्काउने व्यक्ति ?

बिहीबार म्यानचेस्टरको एउटा यहूदी प्रार्थनास्थलमा आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले ‘जिहाद अल–शामी’ भनेर नाम दिएको छ ।

सिरियाली मूलका ३५ वर्षीय बेलायती पुरुष अल–शामीले हिटन पार्क हिब्रु मण्डली प्रार्थनास्थल बाहिर मानिसहरुको भिडमा कार ठोक्काएका थिए । त्यसपछि चक्कुले आक्रमण समेत गरेका थिए ।

उनलाई प्रहरीले घटनास्थलमै गोली हानी मारेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?