+
+
Shares

म्यानचेस्टर घटना आतंकवादी आक्रमण : बेलायती प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते ८:११
Photo Credit : AFP

१७ असोजकाठमाडौं । बेलायती  प्रधानमन्त्री कियर स्टार्मरले म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन् ।

बेलायतको म्यानचेस्टरमा एक यहूदी प्रार्थनास्थल नजिक कारले ठक्कर दिई चक्कु प्रहार भएको घटनामा दुई जनाको मृत्यु भएको घटनालाई उनले घृणित काम पनि भनेका हुन् ।

उक्त घटना हुँदा डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजित एक शिखर सम्मेलनमा सहभागी भइरहेका उनी सम्मेलन बीचमै छाडेर बेलायत फर्किएका छन् । स्टार्मरले बिहीबार साँझ भने, ‘यहूदीहरूलाई लक्षित गरी गरिएको यो एक घृणित आतङ्कवादी आक्रमण हो। उनीहरूलाई केवल यहूदी भएको कारणले निशाना बनाइयो।

उनले थपे, यहूदी–विरोधी भावना घृणाकै रूप होजुन फेरि बढ्दै गएको छ।

यो घटना योम किप्पुरको दिन भएको होजसलाई यहूदी पात्रोमा पवित्र दिन मानिन्छ।

स्टार्मरले बेलायतले फेरि एकपटक यहूदी–विरोधी भावनालाई पराजित गर्नुपर्ने समय आएको बताए ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा यहूदी समुदायसँग एक बाचा पनि गरेका छन् । उनले भने, ‘म देशका सबै यहूदीहरूसँग बाचा गर्छु कि तपाईंहरूले पाउनुपर्ने सुरक्षा दिनका लागि म सम्भव सबै प्रयास गर्नेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?