
१७ असोज, काठमाडौं । बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार अविरल वर्षाले संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
यसैगरी बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल–चीन नाका जोड्ने पुलनेर सडक पूर्णरुप्मा अवरुद्ध भएको छ । यसैगरी गोसाइँकुण्ड गाउँपालिका २ मै पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा गत असार २४ गतेदेखि नै बाढीले सडक अवरुद्ध भएको हो भने पासाङ ल्हामु सडकखण्डमा भने यही असोज १६ गते पहिरो गएर यातायात अवरुद्ध भएको हो ।
यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलो भन्ने स्थानमा पहिरो झरेर अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4