+

महिला क्रिकेट : नेपाल र मलेसियाबीचको दोस्रो खेल आज

२०८२ असोज  १८ गते ६:११ २०८२ असोज १८ गते ६:११
महिला क्रिकेट : नेपाल र मलेसियाबीचको दोस्रो खेल आज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र मलेसियन महिला क्रिकेट टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल १८ असोज, कुवालालम्पुरस्थित वायुमास ओभलमा नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि हुनेछ।
  • मलेसियाले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ र पहिलो खेलमा नेपाललाई ३ रनले हराएको थियो।
  • नेपालको महिला टोली आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि यो शृंखला खेल्दै छ।

१८ असोज, काठमाडौं । नेपाल र मलेसियन महिला क्रिकेट टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेल आज हुँदैछ ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

५ खेलको शृंखलामा मलेसिया १-० ले अगाडि छ । बिहीबार भएको पहिलो खे‍लमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो ।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।

त्यसको तयारीका लागि यो शृंखला भइरहेको हो ।

नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय