+

मार्शको शानदार शतकमा अस्ट्रेलियाले जित्यो सिरिज

२०८२ असोज  १८ गते १६:०९ २०८२ असोज १८ गते १६:०९
मार्शको शानदार शतकमा अस्ट्रेलियाले जित्यो सिरिज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाले न्युजिल्यान्डसँगको टी-२० शृंखला २-० ले जितेको छ।
  • मिचेल मार्शले ५२ बलमा १०३ रन बनाएर अविजित रहे।
  • न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको थियो।

१८ असोज, काठमाडौं । अस्ट्रेलियाले न्युजिल्यान्डसँगको टी-२० सिरिज जितेको छ । शनिबार भएको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले सिरिज २-० ले जितेको हो ।

कप्तान मिचेल मार्शले शानदार शतक बनाएर अविजित रहे । उनले ५२ बलमा ८ चौका र ७ छक्कासहित १०३ रन बनाए । मिचेल ओवेनले १४ तथा शन एबटले १३ रन बनाए ।

न्युजिल्यान्डका जिमी नीशमले ४ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन । जाकब डफीले २ तथा बेन सियर्सले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको थियो । टिम सेफर्टले ४८ रन बनाए । माइकल ब्रेसवेलले २६ तथा जिमी निशमले २५ रन बनाए ।

अस्ट्रेलियाका शन एबटले ३ विकेट लिँदा जोश हेजलूड र जेभियर बार्टलेटले २-२ विकेट लिए । एडम जाम्पा र मार्कस स्टोइनिसले १-१ विकेट लिए ।

अस्ट्रेलियाले पहिलो खेलमा ६ विकेटको जित निकालेको थियो । शृंखलाको दोस्रो खेल वर्षाले रद्द भएको थियो ।

अस्ट्रेलिया क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय