
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघले विराटनगर भन्सार कार्यालयबाट सुरु भएको डेटावेस प्रणालीको उपयोग गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ।
- महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सबै भन्सार विन्दुमा उक्त सेवा शुरु गर्न सरकारसँग माग गरेका छन्।
- अर्थमन्त्री रामेश्वर खनालले असोज ९ गते मुल्यांकन डेटावेस प्रणालीको उद्घाटन गरेका थिए।
१८ असोज, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले विराटनगर भन्सार कार्यालयबाट सुरु भएको डेटावेस प्रणालीको उपयोग गर्न आग्रह गरेको छ । बहुप्रतिक्षित मुल्यांकन डेटाबेस प्रणालीको सफल परीक्षण गरिएसँगै महासंघले त्यसको उपयोग गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल पाइलटका रुपमा शुरु भएको मुल्यांकन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरुमा आग्रह गरेका हुन् । सबै भन्सार विन्दुमा उक्त सेवा शुरु गर्न सरकारसँग माग समेत गरे ।
अनलाइन डेटावेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्युनबिजकीकरण र अधिक विजकीकरणको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापितगरी विश्व व्यापार संगठन अन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा चलेको यो मुल्यांकन विधि नेपालमा पहिलोपटक शुरु भएको थियो ।
यहि असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको उद्घाटन गरेका थिए । हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा सरकारको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मुल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल श्रोत हो जसले कारोबार मुल्य पहिचान गर्न सहयोग पुग्दछ ।
व्यवसायीहरुले कारोबार मुल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा मुल्यांकन डाटावेस प्रणाली त्यसतर्फको डिजिटल प्रक्रिया हो । महासंघले ग्याट भ्यालुएशन अनुसार अनलाइन मुल्यांकन गर्न सकिने सम्भावना केही बर्षदेखि सरकारलाई देखाउँदै आएको थियो ।
मूल्य निर्धारण डब्लयूटिओ÷ग्याट भ्यालुएशन आर्टिकल (ध्त्इरन्ब्त्तरख्बगिबतष्यल ब्चतष्अभि ठ) मा उल्लेखित विधिहरुको पूर्ण पालना गरी सो अनुरुप कारोवार मूल्य निर्धारण गरिनुपर्ने माग महासंघको छ ।
प्रतिक्रिया 4