+
+
Shares

रोशी खोलाले ९ स्थानभन्दा बढी ठाउँमा बीपी राजमार्ग कटान

पिप्ले र बोक्सीकुनामा हिड्ने बाटो पनि छैन

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ स्थानभन्दा बढी ठाउँमा रोशी खोलाले राजमार्ग बगाएको छ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज १८ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोशी खोलाको बहाव बढेर काभ्रेपलाञ्चोकमा बीपी राजमार्गका ९ भन्दा बढी स्थान कटान भएका छन्।
  • इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले पिप्ले र बोक्सीकुनामा पैदल हिड्ने बाटो समेत नभएको बताए।
  • फसेका ३९ सवारी साधनमध्ये केही लास्कोट बेशी र पालिकाको कार्यालयमा राखिएको छ र स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ।

१८ असोज, काभ्रेपलाञ्चोक। गत असोजमा बगेको बीपी राजमागको विभिन्न स्थानमा बनेका डाईभर्सनहरु अविरल वर्षाको कारण पुनः बगेका छन् ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ स्थान भन्दा बढी ठाउँमा रोशीले राजमार्गले बगाएको छ।

उनका अनुसार रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ८ को चारसयबेशी मुनिको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी ९ को नार्के र बोक्सीकुना, रोशी ११ को डालाबेशी, पिप्ले र डालावेशीको विचको भाग बुलढुंगा, रोशी ११ पिप्ले, रोशी १२ माम्तीमा बीपी राजमार्ग कटान भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

‘रोशी खोलामा बहाव बढिरहेको र अहिले सम्म ९ स्थान भन्दा बढी क्षेत्रमा राजमार्ग कटान भएको छ। पिप्ले र बोक्सीकुनामा पैदल हिड्ने बाटो समेत छैन।’–कार्कीले भने ।

उनका अनुसार राजमार्गकै अन्य स्थानमा भने विभिन्न कारणले सडक अवरुद्ध छ । रोशी-१२ माम्तीमा पहिरोको कारण, रोशी ११ कालढुंगाको चार्जिङ स्‍टेशन नजिकै लेदो आएर राजमार्ग अवरुद्ध छ । त्यस्तै रोशी ९ को विरुवाडाँडामा फेदी खोला र साङ कोलाले ल्याएको लेदोले सडक अवरुद्ध छ भने रोशी-९ कै पिन्थलीवेशीमा समेत लेदोको कारण सडक अवरुद्ध छ ।

रोशी खोलामा बहाव बढिरहेको र अहिले सम्म ९ स्थान भन्दा बढी क्षेत्रमा राजमार्ग कटान भएको छ। पिप्ले र बोक्सीकुनामा पैदल हिड्ने बाटो समेत छैन।-ईश्वर कार्की,प्रमुख प्रहरी निरीक्षक,मंगलटार काभ्रे

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार राजमार्गको २ स्थानमा केही मोटरसाइकल चालकहरू फसेका थिए ।   त्यसपछि प्रहरीले समन्वय गरेर केही मोटरसाइकल र चालकलाई रोशी गाउँपालिकाको प्राङगणमा र केहीलाई लास्कोटवेशीमा राखिएको जानकारी दिए ।

फसेका ३९ सवारी साधनमध्ये केहीलाई लास्कोटवेशी र पालिकाको कार्यालयमा तथा ३ वटा ईभी, २ वटा बलेरो पिकअप, र एउटा प्राइभेट कारलाई इलाका प्रहरी कार्यालय मंगलटारमा राखिएको छ ।

शुक्रबारदेखि जारी निरन्तरको झरीले भइइरहेकोले सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । जिल्लाभर कुनै समस्या परे १०० नंम्ब्रमा फोन गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?