+
इंग्लिस प्रिमियर लिग :

इन्जुरी समयको निर्णायक गोलमा चेल्सीले लिभरपुललाई हरायो

२०८२ असोज  १९ गते ७:२७ २०८२ असोज १९ गते ७:२७
इन्जुरी समयको निर्णायक गोलमा चेल्सीले लिभरपुललाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा चेल्सीले लिभरपुललाई २-१ ले पराजित गरेको छ।
  • इन्जुरी समयको पाँचौं मिनेटमा इस्तेभाओले निर्णायक गोल गरे, जुन उनको पहिलो प्रिमियर लिग गोल हो।
  • चेल्सी ७ खेलमा ११ अंकसहित छैटौं र लिभरपुल १५ अंकसहित दोस्रो स्थानमा छ।

१९ असोज, काठमाडौं ।  इस्तेभाओले इन्जुरी टाइममा गोल गरेपछि चेल्सीले प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुललाई पराजित गरेको छ । चेल्सीेले लिभरपुललाई २-१ ले पराजित गरेको हो ।

पहिलो हाफको १४औं मिनेटमा मोइसेस काइसेडोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६३औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुलले खेल बराबरीमा ल्यायो ।

इन्जुरी समयको पाँचौं मिनेटमा इस्तेभाओले पोस्टनजिकैको बललाई स्लाइडिङ ट्याप इन गर्दै चेल्सीको जित पक्का गरे । उनको यो पहिलो प्रिमियर लिग गोल पनि हो । उनी बेन्चबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

लगातार दुई हारपछि जित निकालेको चेल्सी ७ खेलमा ११ अंकसहित छैटौं स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको लिभरपुल ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग चेल्सी लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय