+
+
Shares

विराटनगरमा केशलीया खोलाको बाढी बस्तीमा पस्यो, बक्राहाले बाँध भत्कायो

खोला किनारका सय परिवार विस्थापित

बाढी ओभर फ्लो भएर बस्तीमा पसेपछि विराटनगर महानगरपालिका– ६ र १२ नम्बर वडामा केशलीया खोला किनारका बासिन्दा बिस्थापित भएका हुन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असोज १९ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरमा केशलीया खोलाको बाढीले करिब १०० परिवार विस्थापित भएका छन्।
  • सुनवर्षी नगरपालिका–३ बाहुनटोलमा बक्राहा खोलाले बाध काटेर ६० घरमा बाढी पसेको छ।
  • मोरङको विभिन्न क्षेत्रमा बाढीले ६५ परिवार विस्थापित भएका छन्।

१९ असोज,विराटनगर। शुक्रबारदेखि अविरल वर्षापछि केशलीया खोलामा आएको बाढी बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि विराटनगरमा करिब १०० परिवार विस्थापित भएका छन् ।

बाढी ओभर फ्लो भएर बस्तीमा पसेपछि विराटनगर महानगरपालिका– ६ र १२ नम्बर वडामा केशलीया खोला किनारका बासिन्दा बिस्थापित भएका हुन् ।

प्रहरीका अनुसार विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरुलाई बखरी आधारभूत विद्यालय, दरैया आधारभूत विद्यालयमा सारिएको छ । विराटनगर ६ का केही घरमा पानी पसेपछि स्थानीय बिस्थापित भएका छन् । बिस्थापितलाई सुरक्षित स्थानमा सारिएको छ ।

विराटनगर महानगरपालिका– ८ को सुकुम्बासी बस्तीमा सिंगियाको बाढी पसेपछि ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

विराटनगर–५ को केशलिया ढाटस्थित शंकरवारी टोलमा बाढी पस्ने जोखिम छ । सिंघिया खोला किनारका बस्तीमा पनि बाढी पस्ने जोखिम छ ।

यता, सुनवर्षी नगरपालिका–३ बाहुनटोलमा बक्राहा खोलाले बाध काटेर बस्तीमा पसेको छ । प्रहरीका अनुसार बाध फुटाएर खोला बस्तीमा पस्दा ६० घरमा बाढीको पानी पसेको छ ।

सुनवर्षी नगरपालिका– ६ मा बक्राहा खोलाले बाँध भत्काएको छ । खोलाको बाँध मर्मत भइरहेको छ । मोरङको उर्लावारी –९ मा रतुवा खोलाको पानी पस्दा २० परिवार बिस्थापित भएका छन् ।

मोरङको रतुवामाई नगरपालिका– ५ मा कट्नु खोला बस्तीमा पस्दा ६ परिवार विस्थापित भएका छन् । रतुवामाई नगरपालिका– ५ महाराज थानमा बक्राहा खोला बस्तीमा पस्दा ९ परिवार विस्थापित भएका छन् । सोही वडाको मुसरभिट्टामा बाढी पस्दा ३० परिवार विस्थापित भएका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?