News Summary
Generated by OK AI. Editorially reviewed.- एर्लिङ हालान्डको एकमात्र गोलमा म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डमाथि १-० को जित हासिल गरेको छ।
- जितपछि म्यान्चेस्टर सिटी ७ खेलमा १३ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।
- एभर्टनले क्रिस्टल प्यालेसलाई २-१, एस्टन भिल्लाले बर्नलीलाई २-१ र न्युकासलले नटिङहम फरेस्टलाई २-० ले हराएको छ।
२० असोज, काठमाडौं । एर्लिङ हालान्डको एकमात्र गोलमा म्यान्चेस्टर सिटीले गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डमाथि १-० को जित हासिल गरेको छ ।
ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा पहिलो हाफको नवौं मिनेटमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि कुनै गोल भएनन् ।
जितपछि सिटी ७ खेलमा १३ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड ७ अंकसहित १६औं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई तथा एस्टन भिल्लाले बर्नलीलाई समान २-१ ले हरायो भने न्युकासलले नटिङहम फरेस्टमाथि २-० को जित हासिल गर्यो ।
वुल्भ्स र ब्राइटनले १-१ गोलको बराबरी खेले ।
प्रतिक्रिया 4