+

सेभियासँग बार्सिलोना पराजित

२०८२ असोज  २० गते ८:२० २०८२ असोज २० गते ८:२०
सेभियासँग बार्सिलोना पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पानिस ला लिगामा बार्सिलोना सेभियासँग ४-१ ले पराजित भएको छ र शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
  • सेभियाले घरेलु मैदानमा एलेक्सिस सान्चेजे र आइज्याक रोमेरोको गोलमा अग्रता बनाएको थियो।
  • एट्लेटिको मड्रिड र सेल्टा भिगोले १-१ को बराबरी खेलेका छन् र एट्लेटिकोले दश खेलाडीमा खेल्नुपरेको थियो।

२० असोज, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना सेभियासँग ४-१ ले पराजित भएको छ ।

सेभियासँग हारपछि बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । ८ खेलबाट १९ अंकसहित बार्सिलोना दोस्रोमै छ । रियल मड्रिड २१ अं जोडेर शीर्ष स्थानमा छ । सेभिया १३ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

सन् १९५१ पछि सेभियासँग बार्सिलोनाको यो खराब हार हो । त्यस बेला सेभियाले बार्सिलोनालाई ४-० ले पराजित गरेको थियो ।

सेभियाका लागि घरेलु मैदानमा एलेक्सिस सान्चेजेले १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । आइज्याक रोमेरोले ३७औं मिनेटमा गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे ।

बार्सिलोनाका मार्कुस राशफोर्डले पहिलो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए ।

रोबर्ट लेवान्डोस्कीले ७६औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल हुँदा बार्सिलोनाले बराबरी गर्ने अवसर गुमायो ।

त्यसपछि सेभियाले अन्तिम समयमा दुई गोल थप्यो । एन्जल मार्कोनाले ९०औं र एकोर एडम्सले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि सेभियाले ४-१ को जित हात पार्‍यो ।

ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिड र सेल्टा भिगोले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । सेल्टाका कार्ल स्टारफेल्टले छैटौं मिनेटमै गरेको आत्मघाती गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । तर आएगो आसपासले ६८औं मिनेटमा सेल्टाका लागि बराबरी गोल गरे । पहिलो हाफको ४०औं मिनेटमा क्लेमेन्ट लेङगलेटले रातो कार्ड पाएपछि एट्लेटिको दश खेलाडीमा समेटिएको थियो ।

एट्लेटिको १३ अंकसहित पाँचौ स्थानमा छ । सेल्टा भिगो ८ खेलबाट ६ अंकसहित १६औं स्थानमा छ ।

 

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय