+
+
Shares

चन्द्रागिरिको सडकमा फेला परेका व्यक्तिको मृत्यु, सनाखत हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १०:४०

२० असोज,काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई उपचारका लागि सशस्त्र प्रहरीको एपीएफ अस्पताल पुर्‍याइएको थियो । उनलाई चिकित्सकले ८:४० बजे मृत घोषणा गरेका थिए ।

अन्दाजी ३०–३५ वर्ष उमेरका ती व्यक्तिको नाम, थर र ठेगाना खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई चिन्ने हुनेहरूले प्रहरी कन्ट्रोलको १०० नम्बर वा परिसरको मोबाइल नम्बर ९८५१२८३०१२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?