News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि ६ नेपाली खेलाडी छनोट भएका छन्।
- नेपाल एपीएम क्लबको आयोजनामा भएको पाँचौँ एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपमा उमेरसमूहका पहिलो खेलाडीहरू छनोट भएका थिए।
- शिविर मे १६ देखि २६ तारिखसम्म हुनेछ र सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन्।
२१ असोज, काठमाडौं । विभिन्न ३ उमेरसमूहका ६ टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् ।
नेपाल एपीएम क्लबको आयोजनामा भैसेपाटीमा भएको पाँचौँ एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा पहिलो हुने खेलाडी मे १६ देखि २६ तारिखसम्म हुने शिविरका लागि छनोट भएका हुन् ।
यु–१३ सिंगल्सको ब्वाइजमा यल टेबलटेनिस क्लबका रिभान वज्राचार्य र गर्ल्समा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्ना महर्जन तथा यु–१६ सिंगल्सको ब्वाइजमा यलका रिजा शाक्य र गर्ल्समा स्ट्यागकी सुरम्या शाक्य पहिलो भएका थिए ।
यु–१९ सिंगल्सको ब्वाइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गर्ल्समा होप्सकै योङगी पौडेलले स्वर्ण जितेका थिए ।
प्रतियोगितामा विभिन्न क्लबका १५० खेलाडी सहभागी थिए । शिविरमा सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन् ।
प्रतिक्रिया 4