+
+
Shares

महेशविरुद्ध पक्राउ पुर्जी मागबारे अदालतले भन्यो- थप प्रमाण पेश गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १८:१९

२१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे अदालतले थप प्रमाण खोजेको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो ।

शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन् । उक्त निवेदनमा प्रहरीले अदालतसमक्ष पक्राउ पुर्जीका लागि मंगलबार  पेश गरेको थियो ।

बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश जारी भएको अदालत स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?