+
+
Shares

माइडियाको दशैंतिहार अफर सार्वजनिक, बम्पर उपहारमा जुम स्कुटर जित्ने अवसर

योजना अन्तर्गत बम्पर लक्की ड्रमार्फत ग्राहकले हिरो जुम १२५ सीसी स्कुटर जित्ने अवसर पाउने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीजी इलेक्ट्रोनिक्सले माइडियाका होम एप्लायन्स खरिद गर्ने ग्राहकका लागि दशैंतिहार लक्षित 'माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम' योजना ल्याएको छ।
  • योजनामा ग्राहकले बम्पर लक्की ड्रमार्फत हिरो जुम १२५ सीसी स्कुटर जित्ने मौका पाउनेछन् र साइड–बाई–साइड रेफ्रिजिरेटरमा निःशुल्क इन्डक्सन पाउनेछन्।
  • वाशिङ मेसिनमा निःशुल्क ६ केजी एरियल, डिसवासरमा निःशुल्क डिसवासर ट्याब्लेट र ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक अफर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

२१ असोज, काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम एप्लायन्स ब्रान्ड माइडियाका तर्फबाट दशैंतिहार लक्षित गरी ‘माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम’ योजना ल्याएको छ ।

अफर अन्तर्गत माइडियाका होम एप्लायन्स खरिद गर्ने उपभोक्ताले विभिन्न आकर्षक अफर तथा उपहार पाउनेछन् । योजना अन्तर्गत बम्पर लक्की ड्रमार्फत ग्राहकले हिरो जुम १२५ सीसी स्कुटर जित्ने अवसर पाउने छन् ।

उपभोक्ताले स्योर सट गिफ्ट अन्तर्गत साइड–बाई–साइड मल्टी–डोर रेफ्रिजिरेटरमा निःशुल्क इन्डक्सन, वासिङ मेसिनमा निःशुल्क ६ केजी एरियल, डिसवासरमा निःशुल्क डिसवासर ट्याब्लेट प्राप्त गर्नेछन् । साथै, अधिकतम ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक अफर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले खरिदपछि उपलब्ध क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?