+
+
Shares

साइबर ब्यूरोमा महेश बस्नेतको डेढ घण्टा लिखित बयान

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । सोही अनुसार उनी बुधबार बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर लिखित बयान दिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते ११:१९

२२ असोज, काठमाडौं । साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । सोही अनुसार उनी बुधबार बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर लिखित बयान दिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले बताए ।

‘उहाँ बयान दिएर भर्खरै निस्कनु भएको छ । सरकारी वकिल कार्यालयको निर्देशनअनुसारको काम भएको छ’ अवस्थीले अनलाइनखबरसँग भने ।

ब्यूरो स्रोतका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका हुन् । सरकारी वकिल कार्यालयले नै पठाएको प्रश्नको उनले लिखित जवाफ दिएको ब्यूरो स्र्रोतले बतायो ।

‘सरकारी वकिल कार्यालयले हामीलाई तीन वटा टास्क दिएको थियो । त्यो मध्ये एउटा बयानका काम सकिएको छ । बाँकी दुई वटा काम सकिएपछि प्रतिवेदन पेश गर्छौं’ ब्यूरो स्रोतले भन्यो ।

ब्यूरो स्रोतका अनुसार सरकारी वकिल कार्यालयले तयार गरेका प्रश्नमा उनले इन्कारी बयान दिएका छन् ।

बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?