+
+
Shares

ओली बस्न आएपछि गुण्डुको गौरव बढ्यो : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १३:१८

२३ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली बस्न आएसँगै गुण्डुको गौरव बढेको बताएका छन् ।

नेकपा एमालेले भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आज केपी शर्मा ओली आएको कारणले गुण्डु बानेश्वर, कोटेश्वर सरह भएको छ । यहाँका भाडा लाखौं जान थालेका छन्,’ बस्नतेले दाबी गरे, ‘यहाँका जग्गा आज आनाको ४०/५० लाख जान थालेको छ । केपी ओली आएको कारणले यहाँको गौरव बढेको छ ।’

साथै, उनले ओली प्रधानमन्त्री हुँदा देशमा विकासको आँधिबेहरी नै सिर्जना भएको समेत बताए ।

‘केपी ओली प्रधानमन्त्री भएको बेलामा हामीले विकासको आँधिबेहरी सिर्जना गरेका छौं । केपी ओली गुण्डुमा आएको कारणले ६/७ वर्षमा आधुनिक भएको गुण्डु अहिले चहलपहल भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?