+
+
Shares

निर्माण क्षेत्र समाप्त गर्ने दिशामा नजान सरकारलाई व्यवसायीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर नजान सरकारलाई आग्रह गरेका छन्।
  • सिंहले रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने र कामको अभाव हुँदा लाइसेन्स मात्र वितरण भइरहेको आरोप लगाए।
  • निर्माण क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र साना प्याकेज बनाएर काम बढाउनुपर्ने सुझाव अध्यक्ष सिंहले दिए।

२३ असोज, काठमाडौं । निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर नजान सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित सभामा अध्यक्ष सिंहले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताएका हुन् ।

रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भए अनुसार गरिनुपर्ने उनले माग गरे । जेनजी आन्दोलनपछि सडकबाट सरकार पाएको उल्लेख गर्दै अध्यक्ष सिंहले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताए ।

मुलुकको आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित बनेको उनको भनाइ छ । अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभई जेनजीको पवित्र उद्देश्य अनुरूप मुलुकमा भइरहेको भ्रष्टाचार र बेथिति अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने उनले बताए ।

अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीलाई लाइसेन्स वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन्स मात्रै वितरण गरिरहेको उनले आरोप लगाए ।

‘निर्माण क्षेत्रलाई सबैतिरबाट प्रहार भएको छ, प्राकृतिक प्रकोपको पनि सामना गरिरहेका छौं, निर्माण क्षेत्रलाई व्यवस्थित गर्न तल्लिनसाथ अघि बढेका छौं,’ अध्यक्ष सिंहले भने, ‘निर्माण क्षेत्रमा आपराधिक गतिविधि गर्नेहरूको संलग्नता विगतमा जुन हुने गर्दथ्यो, त्यसबाट हामीले आपराधिक गतिविधि गर्ने र जसरी निर्माण क्षेत्रमा हाबी भएका थिए, त्यसलाई न्यूनीकरण गर्न महासंघ सफल भएको छ ।’

उनका अनुसार अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीलाई लाइसेन्स वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन्स मात्रै वितरण गरेको छ ।

‘रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर यो सरकार नजाओस्,’ उनले भने, ‘यो सरकारले त्यो योजना अन्त्य गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भए अनुसार गर्नुपर्छ ।’

कुनै पनि निर्माण कार्यको स्टिमेट गर्दा वास्तविक हुनुपर्ने र सकेसम्म काम साना प्याकेज बनाएर बढिभन्दा बढी निर्माण व्यवसायीलाई सहभागिता जनाउने र स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउन सके निर्माणको गति अघि बढ्न सक्ने अध्यक्ष सिंहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?