+
+
Shares

देउवा नेतृत्वको पार्टी समितिलाई अब थप अगाडि बढाउनुहुँदैन : गगन थापा

एक वर्ष थप्नै नहुने पक्षमा उभिएका महामन्त्री थापाले भने, ‘यो समितिको अवधि थप्ने गरी मैले प्रस्ताव केन्द्रीय समितिमा लान्न ।’ केन्द्रीय समितिको बैठक असोज २६ गतेका लागि बोलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति देउवा नेतृत्वको समितिको पदावधि नथप्ने पक्षमा धारणा राखेका छन्।
  • महामन्त्री थापाले मंसिरमा नियमित महाधिवेशन गर्न सकिने वा नहुने हो भने विशेष महाधिवेशन गर्नुपर्ने बताए।
  • केन्द्रीय समितिको बैठक असोज २६ गते बोलाइएको छ र कार्यतालिका पारित गरेर मंसिरमा १५ औं महाधिवेशन गर्न सकिने उनले बताए।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको पदावधि बढाउन नहुने विचार राखेका छन् ।

पार्टी पदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान समितिको अवधि थप नगर्ने पक्षमा धारणा राखेका हुन् ।

देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । महामन्त्री थापाले भने, ‘मंसिरमा नियमित महाधिवेशन गर्न सकिन्छ । नियमित नहुने हो भने विशेष महाधिवेशन गरौं ।’

केन्द्रीय समितिको अवधि नथप्ने निर्णयले सभापति देउवाको मात्रै बर्हिगमन नभएर सबैको हुने बताए । उनले थपे, ‘सभापतिको मात्रै बर्हिगमन होइन । केन्द्रीय समितिको अवधि नबढाएपछि हामी सबैको पद जाने हो ।’

कांग्रेस विधान अनुसार एक वर्ष अवधि थप्न सकिने व्यवस्था छ । वर्तमान समितिको अवधि थप्ने अधिकार केन्द्रीय समितिलाई छ ।

एक वर्ष थप्नै नहुने पक्षमा उभिएका महामन्त्री थापाले भने, ‘यो समितिको अवधि थप्ने गरी मैले प्रस्ताव केन्द्रीय समितिमा लान्न ।’ केन्द्रीय समितिको बैठक असोज २६ गतेका लागि बोलाइएको छ ।

केन्द्रीय समितिबाट कार्यतालिका पारित गरेर मंसिरमा १५ औं महाधिवेशन गर्न सकिने उनले बताए ।

‘२०७२ सालमा पनि महाधिवेशन छिटो सक्ने गरी कार्यतालिका बनाएर गरेका हौं । अहिले पनि सकिन्छ,’ महामन्त्री थापाले भने ।

नियमित महाधिवेशन गर्न सकिँदैन भन्ने हो भने विशेष महाधिवेशन गर्नुपर्ने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?