+
+
Shares

कांग्रेस बैठकमा गगनले राखे नियमित महाधिवेशन गर्ने प्रस्ताव

जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मंसिरमै नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
  • महामन्त्री थापा र विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए।
  • नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्नसक्ने बताएका छन्।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् ।

बैठकबाट निस्कने क्रममा डा. शशांक कोइरालाले महामन्त्रीले राखेको प्रस्तावबारे जानकारी दिए ।

आजै आफ्नो निवासमा केही नेताहरूसँग कुरा गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्नसक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?