+
+
Shares
बक्सअफिस :

‘बलिदान’को कमाइ ४ करोड नाघ्यो, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले १० दिनसम्म कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्तोष सेन निर्देशित फिल्म 'बलिदान'ले प्रदर्शनको १० औं दिनसम्म देशब्यापी ४ करोड २६ लाख ८३ हजार ८७४ रुपैयाँ ग्रस कमाएको छ।
  • फिल्म 'बलिदान'को लगानी ६ करोड रहेको निर्देशक सेनले अन्तर्वार्तामा बताएका छन्।
  • दीपेन्द्र के खनाल निर्देशित 'हरिबहादुरको जुत्ता'ले १० दिनसम्म ३ करोड ७५ लाख ४६ हजार २२२ रुपैयाँ र मिलन तामाङ निर्देशित 'माइतीघर'ले २ करोड ६८ लाख १५ हजार ९१३ रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । सिनेपाः बक्सअफिसमा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को ग्रस कमाइ ४ करोड नाघेको छ ।

बिहीबार बिहान १० बजेसम्म प्राप्त विवरणअनुसार, समीर भट्ट स्टारर फिल्मले प्रदर्शनको १० औं दिनसम्म देशब्यापी ४ करोड २६ लाख ८३ हजार ८७४ रुपैयाँ ग्रस कमाएको छ ।

यो फिल्मको लगानी ६ करोड रहेको निर्देशक सेनले अन्तर्वार्तामा बताएका छन् । यसो हो भने, लगानी उठाउन फिल्मले बक्सअफिसमा मात्र कम्तीमा १४ करोड नेरु ग्रस कमाउनुपर्छ ।

दशैं बक्सअफिसमा दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ले १० दिनसम्म ३ करोड ७५ लाख ४६ हजार २२२ रुपैयाँ ग्रस कमाएको छ ।

मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ले सोही अवधिसम्म २ करोड ६८ लाख १५ हजार, ९१३ रुपैयाँ ग्रस कमाएको बक्सअफिसमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?