+
+
Shares

सरकारले सुरक्षाकर्मी घटाएपछि प्रचण्डलाई तीन घेरामा वाईसीएलको सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १३:३३

२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएको छ ।

सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले सुरक्षा दिन थालेको हो ।

वाईसीएलका अध्यक्ष पुष्प ओलीले संयोजक प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरे । ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं,’ उनले भने ।

स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्वलडाकुसमेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् ।

बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । र अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’को जस्तो भूमिका निर्वाह गर्ने छ ।

प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ । ‘सुरक्षामा खटिनेहरूको संख्या आवश्यकता र परिस्थिति अनुसार थपघट हुन सक्ने गरी मिलाइएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो ।

वाईसिएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले पार्टी संयोजक प्रचण्डको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी शुक्रबार बिहान १० बजेबाट फिर्ता भएको जानकारी दिएका छन् ।

अब नेपाल प्रहरी र सशस्त्र प्रहरीका थोरै सुरक्षाकर्मी प्रचण्डको सुरक्षामा खटिने बताउँदै सापकोटाले बाँकी सुरक्षा वाईसीएल र पूर्व जनमुक्ति सेनाले गर्ने बताएका छन् ।

१० वर्षसम्म सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि सशस्त्र लडाइँ लडेकाहरूलाई समेत समेटेर योङ कम्युनिस्ट लिग (वाईसीएल)को रूपमा युवा संगठन बनाएको थियो । तीमध्ये केही सदस्यहरू अहिले पनि लडाकु ब्याकग्राण्डका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?