+
+
Shares

नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता

यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो तथा मिनिबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच ‘नेपालका लागि दिगो विद्युतीय यातायात’ परियोजनामा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
  • सेटफोरएनपीएल परियोजनाले करिब ३ हजार ५ सय विद्युतीय मिनिबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
  • कुमारी बैंकले सार्वजनिक यातायात व्यवसायीलाई विद्युतीय सवारी खरिदमा विशेष लोन प्याकेज र डाउन पेमेन्ट अनुदान उपलब्ध गराउने छ।

२४ असोज, काठमाडौं । नेपालमा विद्युतीय गतिशीलता सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच ‘नेपालका लागि दिगो विद्युतीय यातायात’ (सेटफोरएनपीएल) परियोजना अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो तथा मिनिबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

सेटफोरएनपीएल परियोजना जीआईजेड नेपाल र गोल्डेन ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहित सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो ।

यो परियोजना ‘मिटिगेसन एक्सन फेसिलिटी’ (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यसले करिब ३ हजार ५ सय विद्युतीय मिनिबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । यसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउने अपेक्षा छ ।

आर्थिक सिमाबद्धता ध्यानमा राखी यस पहलले परम्परागत इन्धनमा आधारित सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । सेटफोरएनपीएल परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइस, एलईडी राउट डिस्प्ले तथा ओपन लुप ई–टिकेटिङ सिस्टमजस्ता डिजिटल सुविधा पनि प्रयोगमा ल्याइएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेलाई विद्युतीय माइक्रो र मिनिबस प्रयोग गर्न सहज बनाउने छ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सबसिडी) व्यवस्था गर्ने छ जसले सवारी खरिद लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउने जनाइएको छ ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?