+
+
Shares

विदेशका मतदातालाई चुनावमा सहभागी गराउन भन्दै जेनजी अभियन्ताले आयोगमा बुझाए ज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १४:३६

२४ असोज, काठमाडौं । विदेशमा रहेका मतदाताहरूलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेनजी अभियन्ताहरूले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रबार निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका मतदाताहरूलाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

रोजगारीको खोजीमा विदेशिन बाध्य मतदाताहरूलाई पनि निर्वाचनमा भाग लिने उनीहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाइएको जेनजी अभियन्ता शिव यादवले बताए । उनले निर्वाचनको तयारीको बारेमा पनि आयोगसँग जानकरी लिइएको बताए ।

‘हाम्रो देशमा रोजगारीको अभावका कारण धेरे युवा साथीहरू आफ्नो हातमुख जोडनका लागि भएपनि  देश छोड्नका लागि बाध्य छन अहिले । ती साथीहरूलाई पनि अब आउँदै गरेको निर्वाचनमा हरेक नेपाली नागरिकलाई मत हाल्ने अधिकार नेपालको संविधानले नै व्यवस्था गरेको छ,’ उनले भने, ‘धेरैजसो नेपाली नागरिक दाजुभाईहरू नेपालमा जागिर नपाईपछि वा कुनै कारणवश विदेशिन बाध्य छन् । उहाँहरूलाई पनि अब आउने निर्वाचनमा जेन—जी विद्रोहबाट जुन सरकार बन्यो । युवाहरूको विद्रोहबाट जुन सरकार बन्यो । अब आउने निर्वाचनमा विदेशमा भएका नेपाली नागरिकलाई पनि मतदानमा जसरी पनि सहभागी गराउनुपर्छ  ।’

जेनजी अभियन्ताहरूले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत गराएका थिए । यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेको मतदाताहरूलाई आगामी निर्वाचनमा सहभागी गराउनका लागि आयोग लागि परेको बताएका थिए ।

उनले आयोगले त्यसका लागि सरकारसँग छलफल गरिरहेको पनि बताए ।

‘यी विषयहरूमा आयोग असाध्यै सचेत छ । आयोगले आज भन्दा अढाई वर्ष अघि नै डेढ वर्ष अघि नै निर्वाचन व्यवस्थापन ऐन तर्जुमा गरेर अहिलेका ऐनले विदेशमा रहेका मतदाताहरूलाई समेट्न सकेन भनेर नयाँ ऐन दिनुस् भनेर ऐनको मस्यौदा गरेर हामीले गृह मन्त्रालयमा पठाइसकेका छौं,’ भण्डारीले भने ।

सो क्रममा निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदाताहरूलाई सहभागी गराउने संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र सरकारले त्यो चाँडै सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?