+

एएफसी यू-१७ महिला एसियन कप खेल्न जाने नेपाली टोलीको बिदाइ

२०८२ असोज  २४ गते १६:४५ २०८२ असोज २४ गते १६:४५
एएफसी यू-१७ महिला एसियन कप खेल्न जाने नेपाली टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।
  • प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म थाइल्याण्डमा हुँदैछ र नेपालले आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ।
  • एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरेका छन्।

२४ असोज, काठमाडौ । थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे ।

प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ ।

नेपाली टोली : झरना डुम्राकोटी, लक्ष्मी ओली, भुपिका शाही, दिक्ष्या रायमाझी, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, रबिना बिक, कृतिशा तामाङ, अशिका कार्की, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक, अनिता राना मगर

एएफसी यू-१७ महिला एसियन कप छनोट नेपाली महिला यू-१७ फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय