+
टी-२० विश्वकप छनोट :

नेपाललाई जापानको मध्यम लक्ष्य

२०८२ असोज  २४ गते १७:५१ २०८२ असोज २४ गते १७:५१
नेपाललाई जापानको मध्यम लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो खेलमा नेपाललाई जापानले मध्यम लक्ष्य दिएको छ।
  • जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको छ ।
  • कप्तान केन्डल काडोवाकी फ्लेमिङले ६० रन बनाए।

२४ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको आफ्नो दोस्रो खेलमा जापानलाई जित्न नेपालले मध्यम लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनायो ।

जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए । ११ रनमा पहिलो विकेट गुमाएपछि उनले इसार रहमानसँग मिलेर दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।

रहमानले ३१ रन बनाएर आउट भए । त्यसको ४ बलपछि कप्तान फ्लेमिङ पनि आउट भए जतिबेला जापानको स्कोर ९९-३ थियो । त्यहाँबाट नेपालले नियमित अन्तरालमा विकेट लिएपछि जापान १८औं ओभरमा १११-६ को अवस्थामा पुगेको थियो । बेन्जामिन इटो डेभिसले अन्त्यतिर १७ रन बनाए ।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए ।‍ सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।

नेपालले जापानलाई हराएमा सुपर सिक्समा २ अंक लिएर जानेछ । दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।

टी-२० विश्वकप छनोट नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय